adv

‘थ्री नेशन्स कप ‘विजेता खेलाडीलाई एन्फाले जनही १ लाख दिने

काठमाडौं, १७ चैत । अखिल नेपाल फुटबल संघ(एन्फा)ले थ्री नेशन्स कप जित्ने टोलीका प्रत्येक सदस्यलाई पुरस्कृत गर्ने भएको छ । टोलीका प्रत्येक सदस्यलाई एन्फाले एक एक लाख रुपैंया पुरस्कार दिने जनाएको हो ।

थ्री नेशन्स कपको उपाधि जित्दा नेपालले पुरस्कारबाट प्राप्त गरेको पाँच हजार अमेरिकी डलरबाट टोलीका सदस्यलाई वितरण गरिने एन्फाका प्रवक्ता किरण राईले बताए।

सोमबार बङ्गलादेशलाई २–१ ले हराउँदै नेपालले किर्गिस्तान सम्मिलित थ्री नेशन्स कपको उपाधि हात पारेको थियो । उपाधिको विजेता टोलीलाई ट्रफीका साथै पाँच हजार अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको थियो । नेपाली टोलीले उपाधि जित्दा उक्त ट्रफी र पुरस्कार पाएको हो ।

राईका अनुसार टोलीका २३ जना खेलाडीमा पाँच हजार अमेरिकी डलर वितरण गरिने छ। त्यसैगरी घरेलु मैदानमा ऐतिहासिक जित हात पारेकोमा प्रत्येक खेलाडीलाई प्रोत्साहनस्वरुप थप एक एक लाख प्रदान गरिनेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु