adv

भारतमा पछिल्लो २४ घण्टामा ७२ हजार ७२ जनामा कोरोना पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतभर ७२ हजार ७२ जना कोरोना संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यस्तै गत २४ घण्टामा ४५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ४० हजार ४ सय १७ जना संक्रमणमुक्त भएका छन्।

भारतमा हालसम्म कुल १ करोड २२ लाखभन्दा बढी मानिसहरु संक्रमति भएका छन्। जसमध्ये हालसम्म १ लाख ६२ हजार संक्रमितको मृत्यु भएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु