adv

सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढ्यो

काठमाडौं ,१९ चैत। सुनको भाउ तोलामा नौ सय रुपैयाँले बढेको छ । बुधबार तोलामा चार सयले घटेर ८५ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार ८६ हजार पाँच सय रुपैयाँ कायम भएको हो ।

आजका लागि तेजावी सुनको प्रति तोला मूल्य ८६ हजार ५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्ययवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

बुधबार तोलामा ११ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि १२ सय १० रुपैयाँ तोकिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु