adv

लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ इलाम र मोरड्ंमा प्रदर्शन हुने

झापा । लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ नेपालको पूर्वी जिल्ला इलाममा चैत्र २६ गते र मोरङमा बैशाख ११ गते प्रदर्शन हुने भएको छ |

चलचित्रका निर्माता तथा संगीतकार मनि ताम्लिङका अनुसार सिक्किम युनिभर्सिटीको ग्रेजुएसन लेभलमा अध्यापन भइरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बू होन्दोकले लेखेका हुन् । उक्त उपन्यासलाई सागर केरुङले पटकथा, संवाद र किशोर सुब्बाले निर्देशन गरेका हुन् ।

सिक्किम र काठमाडौंमा सफल प्रदर्शन भइसकेको चलचित्रले विभिन्न स्थानमा प्रदर्शन हुने तयारी हुँदाहुँदै विश्वव्यापी कोरोना महामारीका कारण स्थगित भएको थियो । चलचित्र लिम्बू भाषामा रहेको छ ।

सिक्किमका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा विशाल सेनेहाङ, दिव्या सुब्बा, संगीता सम्बाहाम्फे, शर्मिला यक्सो, मुनाहाङ लिम्बू, शान्ति सुब्बालगायतले अभिनय गरेका छन् ।

सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित कथा रहेको चलचित्रमा नृत्य निर्देशन दिनेश माङ्मु, संगीत कुल्बा सुब्बा, राजु आङ्देम्बे, मनि ताम्लिङ र पविन आङ्देम्बेको रहेको छ भने निर्देशन किशोर सुब्बाले गरेका छन् । (ट्रेलर हेर्न तलको लिड्ं क्लिक गर्नुस् )

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु