अविना कोयू राई, माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ६ सिंहेश्वरी खेलमैदानमा जारी टोल स्तरीय फुटबल प्रतियोगिताको उपाधी बाँझो ३ ए हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा बाँझो ३ बि लाई १ का विरुद्ध २ गोल गर्दै उपाधी चुमेको हो ।
खेलको १६औं मिनेटमा बाँझो ३ ए का उदय राईले गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । खेलको पहिलो हाफसम्म १ सुन्यको नतिजामा पछि परेको बाँझो ३ बिले दोस्रो हाफको ९ औं मिनेटमा संगम राईले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । तर बाँझो ३ ए को तर्फबाट दोस्रो हाफको २४औं मिनेटमा मुकेश राईले गोल गर्दै जित दिलाएका थिए ।
महिला तर्फ बाँझो ३ विजयी
महिला फुटबल प्रतियोगिता तर्फ भएको फाइनल खेलमा बाँझो ३ विजयी भएको छ । बाँझो ३ ले ट्राइवेकरमा ४–३ को नतिजा निकाल्दै विजयी भएको हो ।
पुरुष महिला दुबै समुहका विजेताले नगद रु २० हजार, प्रमाण पत्र, ट्रफि मेडल प्राप्त गरे भने उपविजेताले नगद रु.१५ हजार, प्रमाण पत्र, ट्रफि मेडलमा चित्त बुझाएको थियो ।
खेल स्थानीय कामन्ता युवा क्लबको आयोजनामा चैत्र १५ गते देखि सुरु भएको थियो ।

