adv

मेचीनगरबाट लागुऔषधसहित दमकका एकजना पक्राऊ

झापा। झापाको दमक नगरपालिकामा एकजना लागुऔषधसहित पक्राऊ परेका छन् । पक्राऊ पर्नेमा दमक नगरपालिका ५ निवासी १८ वर्षीय अनुप धिताल रहेका छन् ।

प्रहरीले आइतबार राती ८ बजे मेचीनगर ६ बसपार्कबाट धिताललाई पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनको साथबाट लागु औषध फेनरागन ३६ एम्पुल, लुपिजेसिक ३५ र डाईजेपाम ३३ एम्पुल बरामद गरिएको छ ।

उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु