adv

एसियाकै साताको उत्कृष्ट खेलाडी बने कप्तान किरण चेम्जोङ

काठमाडौं ।नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् ।

एएफसीले अप्रिल १ मा सार्वजनिक गरेको मार्च अन्तिम साताका उत्कृष्ट खेलाडीहरुमध्ये सर्बाधिक मत प्राप्त गरी किरण ‘एएफसी प्लेयर अफ द वीक’ बनेका हुन् । १० खेलाडीबीच गरिएको सर्वेक्षणमा किरणले ५५.६९ प्रतिशत मत ल्याए ।

दोस्रो स्थानमा रहेका साउदी अरवका सलेह अल सेहरीले २०.७२ प्रतिशत तथा तेस्रो स्थानमा रहेका इराकका अला अली मवाइले १०.१६ प्रतिशत मत ल्याए ।

राष्ट्रिय टोलीबाट गरेको प्रदर्शनका आधारमा उत्कृष्ट १० छनोट गरी एएफसीले सर्वेक्षण गरेको थियो । उत्कृष्ट १० मा यूएईका अली मबखोट (१ प्रतिशत), कतारका मोहम्मद मुन्तारी (०.२७ प्रतिशत), जापानका युया ओसाको (०.२३ प्रतिशत), इरानका सरदार अज्मोन (७.५१ प्रतिशत), बहराइनका मोहम्मद मरहून (१.१५ प्रतिशत), जोर्डनका मुसा अल तामारी (२.९६ प्रतिशत) र ताजिकिस्तानका अलिसर जालिलोच (०.३ प्रतिशत) थिए ।

नेपालले गत साता बंगलादेशलाई पराजित गरी ३७ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय ट्रफीका रुपमा थ्री नेशन्स कपको उपाधि उचालेको थियो । किर्गिस्तान यू–२३ टोलीसमेत सहभागी प्रतियोगितामा नेपाल अपराजितरह्यो भने किरणले १ गोलमात्र खाएका थिए ।

नेपालले किर्गिस्तान र बंगलादेशसँगको समूह चरणको खेलमा गोलरहित बराबरी खलेको थियो भने फाइनलमा बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु