adv
adv

बाल जागरण मञ्च नेपालको आयोजनामा बालमैत्री अन्तर्क्रिया सम्पन्न

मेचीनगर,२४ चैत । बाल जागरण मञ्च नेपालको आयोजनामा मेचीनगर ४ मा अवस्थित सरस्वती माविमा बालमैत्री कार्यक्रम अन्तर्गत बाल क्लबका बालबालिकाहरुसँग अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

बाल अधिकारलाई व्यवहारमा कसरी उतार्ने, बालबालिकाको परिवार तथा समुदायमा भूमिका, बालबालिकाको चिन्तन शैली लागयतका विविध विषयहरुमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हो ।

उत्त छलफलको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम आचार्य, विद्यालयका प्र अ भिम श्रेष्ठ, विद्यालका संरक्षक शिक्षक नमुना निरौला, बाल क्लब अध्यक्ष स्वस्तीका दर्जी, बाल क्लबका सचिव, कोषाध्यक्ष लगायत सदस्यहरुको उपस्थिती रहेको थियो ।

आयोजक संस्थाको तर्फबाट संस्थाका अध्यक्ष तथा बालअधिकारकर्मी मणिकुमार लिम्बु, संस्थाका सदस्य भुमिका सुब्बा लगायतले बालबालिकाहरुको जिज्ञासालाई सम्बोधन गरेका थियो ।

संस्थाले मेचीनगर नगरपालिकाको सहयोगमा बाल मैत्री कार्यक्रम तथा बाल श्रमिकहरुको अवस्था पहिचानका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु