adv

राप्रपा बिर्तामोडको अध्यक्षमा रञ्जु प्याकुरेल चयन

विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिको अध्यक्षमा रञ्जु प्याकुरेल सर्वसम्मतरुपमा निर्वाचित भएकी छिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिको एकीकरण अधिवेसनको वन्दसत्रले प्याकुरेलको अध्यक्षतामा ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

बिर्तामोड नगर समितिको वरिष्ठ उपाध्यक्षमा किरण पौडेल निर्वाचित भएका छन् भने बिर्तामोड नगर समितिको प्रत्येक बडाका वडाध्यक्ष र प्रत्येक वडासमितिका तीन जना सदस्य गरी ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका सहसंयोजक राष्ट्रिय प्रजातान्त्रिक शिक्षक संगठन झापाका अध्यक्ष टंक कटुवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजकुमार पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई  तथा सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा सचिव केशवप्रसाद ओझाले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु