adv
adv

पत्रकार महासंघ झापाको अध्यक्षमा गिरी निर्वाचित

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनु भएका छन्न । नयाँ नेतृत्व चयनका लागी बुधवार  भएको मतदानमा शाखाका २६३ सदस्य मध्ये २५६ जना पत्रकारहरुले मतदान गरेका थिए । आज बिहान सम्पन्न मत गणना अनुसार प्रेस युनियन, प्रेस संगठन र मिडिया नेपाल विचको गठबन्धनका साझा उम्मेद्घार गिरी  बिजयी भएका हुन् ।

अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित गिरीले १५५ मत प्राप्त गर्नु भयो भने केपि ओली सम्बद्ध प्रेस चौतारी र प्रेस मञ्च नेपालको गठबन्धनका उम्मेद्वार विशाल नेम्बाड्ंले ७४ मत र माधव नेपाल निकट प्रेस चौतारीबाट अध्यक्षका उम्मेद्वार तिर्थ सिग्देलले २६ मत प्राप्त गरेका छन् ।

त्यसैगरि उपाध्यक्षमा गिरीकै प्यानलका केशब भट्टराईले १३१ मत प्राप्त गरि निर्वाचित भएका छन्। नेम्बाड्ंको प्यानलबाट उपाध्यक्षका उम्मेद्वार गोपाल झापालीले ९६ मत प्राप्त गरे भने उपाध्यक्षका अर्का उम्मेद्वार हिमालचन्द्र खरेलले २६ मत प्राप्त गरे । उपाध्यक्षमा गिरीकै प्यानलकी शुशिला संग्रौलाले १४० मत प्राप्त गरी निर्वाचित भइन् भने नेम्माङ प्यानलकी सावित्रा दाहाल भट्टराईले १०७ मत प्राप्त गरिन् ।

सचिवमा गिरी प्यानलकै डिकेश लामाले १२८ मत प्राप्त गरी विजयी बने भने सिग्देल प्यानलका सुव्रत न्यौपानेले ९९ मत प्राप्त गरे त्यस्तै प्रेम कुमार आचार्यले २५ मत प्राप्त गरे । खुल्ला सह सचिवमा गिरी प्यानलका राजु पाठक १५५ मत सहित निर्वाचित हुँदा नेम्बाड्ं प्यानलका बिनोद सापकोटाले ९२ मत प्राप्त गरे ।

त्यसैगरी समावेसी सह सचिवमा गिरी प्यानलका अर्जुन राजवंशी १७२ मत ल्याई बिजयी हुंदा नेम्बाड्ं प्यानलका देशराज नेम्बाड्ंले ७३ मत प्राप्त गरे । कोषाध्यक्षमा पनि गिरी प्यानलकै रञ्जीत प्रसाईं १३३ मत प्राप्त गरी विजयी हुंदा नेम्बाड्ं प्यानलका रमेश तिवारीले ११५ मत प्राप्त गरे ।

सदस्यहरुमा पनि अधिकांश गिरी प्यानलबाटै निर्वाचित भएका छन् । गिरीको प्यानलबाट चिरञ्जिवी घिमिरे, मनिषा चम्लागाईं, शुष्मा राजवंशी, होमप्रसाद अधिकारी, विनोद पाण्डे, द्रोण अधिकारी र रञ्जित परियार निर्वाlचित भएका छन् भने नेम्बाड्ंको प्यानलबाट राजन साम्पाङ, अच्युत राज सुबेदी र सुनिरा मैनाली निर्वाचित भएका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु