बेलवारी ,चैत २७ । जनकनन्दनी खजुरी धनुषामा आयोजित तेस्रो अध्यक्ष गोल्डकप २०७७ उपधी जितेका खेलाडीहरूलाई भाउन्ने युथ क्लबले सम्मान गरेको छ।

बेलवारीनगरपालिका वडा न. १० स्थित भाउन्ने युथ क्लबकाे प्रगानमा खेलाडीहरूलाई बधाई तथा सम्मान गरेकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि बेलवारी नगरपालिका वडा न. १० का अध्यक्ष गंगा याख्याले गरेका थिए । याख्खाले खेलकोलागि वडाले गर्ने सहयोगको भूमिका सधैँ रहने बताउनुको साथै खेलाडीहरुलाई बधाई दिएका छन् ।
भाउन्ने युथ क्लबका अध्यक्ष सन्तोष तामाडले क्लबले गोल्डकप जित्दै ऐतिहासिक उपाधी हासिल गरेको र क्लबले फुटबल र अन्य सामाजिक गतिविधि मार्फत युवाहरुलाई स्वस्थ, अनुशासित, गतिशिल र सफल बनाउन सक्दो भुमिका निर्वाह गर्ने बताए साथै याे जीत भाउन्ने को मात्र नभई बेलवारी नगरपालिकाकोनै विजय भएको बताएका छन् । क्लबका सल्लाहकार तथा टिम मेनेजर विक्रम तामाड र खेलाडीहरुलाई सम्मान स्वरुप रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बेलवारी नगरपालिका कार्यपालिका सदस्य जंग विष्ट , कलबका सल्लाहकार मदन राई , ज्ञानु राई, हरि लिम्बु , अशिष लिम्वु लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमका अध्यक्षयता तामाडले गरेका थिए भने सञ्चालन क्लबका सल्लाहकार अमिर मगरले गरेका थिए ।

