काठमाडौं, २ वैशाख । प्रखर लेखक एवम् समलोचक खगेन्द्र संग्रौला पहिचान पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।
संग्रौलालाई बैशाख ४ गते एक समारोहबीच नगद चार लाख दुई हजार दुई रूपैयाँ नगद राशीको पहिचान पुरस्कार प्रदान गरिने छ ।
पहिचान पुरस्कार कोषले दिएको जानकारी अनुसार लेखक संग्रौलालाई सो पुरस्कार प्रदान गरिँदैछ । मन्डला नाटकघरमा एक समारोहका बीच उनलाई पुरस्कार दिइने छ ।
उनी वाम बुद्धिजिबि र राजनीतिक विश्लेषकका रूपमा समेत परिचित छन् भने आदिवासी जनजातिको पहिचान लगायत महिला, दलित, मुस्लिम, थारु, मधेसीको न्याय, सामाजिक शोषण र विभेद् विरुद्ध लेख्छन्, बोल्छन्।
संग्रौला सत्ता इतरका लेखक हुन् भने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र ओली सत्ताको कटु आलोचक पनि हुन् ।
कोषले दिएको जानकारी अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने पुरस्कार वितरण समारोहमा राजनीतिक वृत्तका विश्वप्रकाश शर्मा, अजम्बर काङ्माङ, रामकुमारी झांक्रीले विहार राख्ने छन् ।
त्यस्तै पहिचान पुरस्कार र मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङ र पहिचान साहित्यमा कृयाशील कैलाश राईले बोल्ने छन् ।


