adv

सञ्चारकर्मी लाओती सहित तीन जना सम्मानित हुदै

दमक, ३ बैशाख । याक्थुङ साहित्य प्रतिष्ठानको प्रथम अधिबेशनमा सञ्चारकर्मी दिल कुमार लाओती सहित तीन जना सम्मानित हुने भएका छन् । सम्मानित हुनेमा साहित्यकार नवल फाइबाली र गीतकार तथा संगीतकार प्रेम पङ्धाकलाई सम्मान गर्ने भएको हो।

शनिबार झापा दमक स्थित एस. जी. होटलको सभाहलमा सम्पन्न हुने प्रतिष्ठानको प्रथम अधिबेशनमा फाइबाली, लाओती र पङधाकलाई सम्मान गर्न लागिएको याक्थुङ साहित्य प्रतिष्ठानका अध्यक्ष सेसेमी से नाल्बो लिम्बूले बताए ।

प्रत्येक २/२ बर्षमा लिम्बू भाषा साहित्य कलामा कृयाशिल याक्थुङ हस्तीहरुलाई सम्मान गर्ने उद्वेश्यले स्थापना गरिएको पुरस्कारहरु अन्तरगत ‘याक्थुङ साहित्य पुरस्कार –२०७८’ द्वारा मोरङ केराबारी –२ सिंहदेबी फाइबामा जन्मनु भई हाल अर्जुनधारा न.पा.–७ झापामा स्थायी रूपमा बसोबास गर्दै लिम्बू साहित्यमा कलम चलाउन थालेका साहित्यकार नवल फाइबालीलाई नगद पाँच हजार सहित सम्मान पत्रबाट सम्मान गर्ने अध्यक्ष नाल्बोले बताए ।

यसरीनै ‘दिल बहादुर मुसाहाङ स्मृति पत्रकारिता पुरस्कार २०७८’ द्वारा पान्थर मिक्लाजङ ५ कुरुम्बा निवासी हाल दमक १ झापामा बिगत २ दर्शक यता पत्रकारितामा सक्रिय दिल कुमार लाओतीलाई नगद पाँच हजार सहित सम्मान पत्रबाट सम्मान गर्ने याक्थुङ साहित्य प्रतिष्ठानका सचिव मुसाहाङ अम्याङसाले बताए ।

यसैगरि ‘गुमान सिंह लाओती स्मृति गीतकार पुरस्कार २०७८’ द्वारा ताप्लेजुङ सिदिङबा साप्लाखु हाल कमल गाउँपालिका ३ केर्खामा बसोबास गर्दै आउनु भएका गीतकार तथा संगीतकार प्रेम पङ्धाकलाई नगद तीन हजार सहित सम्मान पत्रद्वारा सम्मान गर्ने सचिब अम्याङसाले बताए ।

दमक नगरपालिका १ का वडा अध्यक्ष तारा प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु