adv

झापा गाउँपालिकामा कोरोनाबाट एक जना पुरुषको मृत्यु

बिर्तामोड । झापा गाउँपालिकामा कोरोना भाइरसको संक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं ४ बस्ने अलकास वस्तीका ५५ वर्षिय पुरुष भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

ती पुरुष दम र चिनी रोगवाटसमेत पीडित थिए ।

उनको अचानक श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि विराटनगरको नोवेल हस्पिटल लगिएको थियो ।

कोरोना परिक्षण गर्दा रिपोट पोजेटिभ आएपछि हस्पिटलको सघन कक्षमा उपचार गराइरहँदा उनको गएराति मृत्यु भएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु