adv

गोल्डेन भ्वाइस प्रमेध्वज प्रधानको निधन

काठमाडौं । वरिष्ठ गायक संगीतकार प्रेमध्वज प्रधानको बिहीबार दिउँसो निधन भएको छ ।

गायक प्रधानको सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

८४ वर्षीय प्रधानलाई छातीमा समस्या देखिएपछि केही दिन अगाडि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
‘गोल्डेन भ्वाइस’ उपनामले प्रख्यात प्रधानको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो ।

१६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका प्रधानको यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौं लगायतका दर्जनौं गीत चर्चित छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु