adv
adv

शुक्रबार थपिए ९१९६ जना संक्रमित, ५० जनाको मृत्यु

झापा । कोरोना भाइरसको संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै सबै भन्दा धेरै संक्रमित संख्या हो।

स्वास्थ्य तथा जनसंख्याका अनुसार २० हजार ४८२ मा परीक्षण गर्दा ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको हो।

१९ हजार ९८७ मा पिसिआर गर्दा ९ हजार २३ मा र ४९५ मा एन्टिजेन परीक्षण गर्दा १७३ मा गरी जम्मा संक्रमण पुष्टि भएको हो। अहिलेसम्म ३ लाख ७७ हजार ६०३ जनामा कोरोना संक्रमण देखिएको हो।

कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ३५७९ पुगेको छ।

पछिल्लो २४ घण्टामा २९०५ जना संक्रमणबाट निको भइसकेका छन्। योसँगै अहिलेसम्म निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ छन्।

झापामा शुक्रबार ५४ जना महिला र ८१ जना पुरुष सहित १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म झापामा संक्रमित संख्या ५९२५ पुगेको छ ।

हालसम्म ४५७६ जना निको भएर घर फर्किसकेका छन भने झापामा सक्रिय संक्रमित १२०३ जना रहेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु