adv

चार अग्रज पत्रकार पुरस्कृत हुने

विराटनगर । प्रदेश पत्रकारिता पुरस्कारबाट चार जना अग्रज पत्रकारहरु पुरस्कृत हुने भएका छन् ।

राष्ट्रिय पत्रकारिता दिवस २०७८ को अवसरमा प्रदेश नं १ सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरेर पुरस्कृत हुने चार जनाको नाम सार्वजनिक गरेको हो ।

पुरस्कृत हुने अग्रज पत्रकारहरुमा झापाका गोविन्द चन्द क्षेत्री र गञ्जबहादुर दाहाल छन् भने उदयपुरका कौशल चेम्जोङ र मोरङकी ललिता भट्टराई छन् ।

लामो समय पत्रकारिताका माध्यमबाट प्रदेशको विकासमा योगदान गरे वापत मन्त्रालयले हरेक वर्ष दुई जना पत्रकारलाई पुरस्कृत गर्ने गर्दछ । गत वर्ष कोरोनाका कारण रोक्किएको पुरस्कार समेत गरी यस वर्ष चार जनालाई पुस्कृत गर्न लागिएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिउको छ ।

एक लाख नगद राशीको सो पुरस्कार हाललाई कोरोना संक्रमणको कारण वितरण नगरिए पनि उचित समयमा वितरण गरिने समेत मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रदेश सञ्चार प्रतिष्ठान, प्रदेश नं १ का कार्यकारी निर्देशक यज्ञप्रसद शर्माको संयोजकत्वमा पत्रकारिताका माध्यमबाट प्रदेशको विकासमा योगदान गरेका व्यक्तिहरु सिफारिस गर्नका लागि समिति गठन गरेको थियो ।

समितिमा नेपाल पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष लीलाबल्लभ घिमिरे र महासंघ प्रदेश १ का निवर्तमान अध्यक्ष विक्रम लुइटेल सदस्य थिए । आ.व. २०७४/०७५ देखि मन्त्रालयले अग्रज पत्रकारहरुलाई पुरस्कृत गर्न सुरु गरेको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु