मेचीनगर, २६ वैशाख । कोरोनाको नयाँ भेरियन्टको संक्रमणका कारण काँकरभिट्टाका एकजना पुरुषको विराटनगर स्थित नोवेल अस्पतालमा मृत्यु भएको छ ।
मेचीनगर–६, काँकरभिट्टा स्थित भानु टोलका ६० वर्षीय पुरुषको शनिबार राति १० वजे नोवेलमा मृत्यु भएको हो ।
ज्वरो आएपछि यहि वैशाख २४ गते उपचार लागि बिर्तामोड स्थित वीएण्डसी अस्पताल लगिएको थियो । सोहि अस्पतालमा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजेटिभ आएपछि उनलाई त्यहाबाट थप उपचारका लागि नोवेल अस्पताल लगिएको थियो ।
योसँगै मेचीनगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

