adv

नेपालमा एकै दिन २२५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २८ बैशाख ।नेपालमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु