दिवस सिप्तुङ्खा, माङसेबुङ, २८ बैशाख । समन्वयको अभावमा एउटै बजारको बाटो देखि एकतर्फका पसलहरु खुल्ला रहेका थिए भने अर्कोतर्फका पसलहरु बन्द भएका थिए ।

माङसेबुङ गाउँपालिका इलाम र मिक्लाजुङ गाउँपालिका पाँचथरको संगमस्थल लाग्ने चिसोपानि पञ्चमी बजार प्रत्येक मंगलबार हटिया बजार लाग्दै आएको बजारको दृष्य आज बैशाख २८ गते मंगलबार फरक देखिन्थ्यो ।

पाँचथरले २७ गते राति १२ बजेदेखि निषेधाज्ञा लागु गरेपछि पाँचथर तर्फ बन्द रहेको थियो भने इलाम तर्फका बजारहरु खुल्लै रहेको बजार पनि लागिरहेको थियो ।
देशभर कोरोना सक्रमणको संख्या बढे सङ्गै पाँचथर जिल्ला निषेधाज्ञा जारी गरिएको छ । पाँचथरका बजार अन्तर्गतको पसलहरु जेष्ठ ३ गतेसम्मको लागि पूर्ण रुपमा निषेधाज्ञा लागु गरिएको हो ।
चिसोपानि पञ्चमी बजार व्यवस्थापन समितिका अध्यक्ष तीर्थ राज राईका अनुसार यही बजार अन्तरगत अर्कोतिर इलाम माङसेबुङ क्षेत्रमा पर्ने पसलहरु बन्द गर्ने प्रशासनबाट जानकारी नआइसकेको बताएका छन् ।
इलाम र पाँचथरको समन्वय अभावमा एकातिरको बजार बन्दले मात्र कोरोना नियन्त्रणमा सहयोग नपुग्ने देखिन्छ।

