इलाम । इलाममा एकैदिनमा ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो एकैदिनमा पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो ।
इलाम नगरपालिकामा ९ महिला र १० पुरूष गरी १९ जना, सूर्योदय नगरपालिकामा ३ महिला र १९ पुरूष गरी २२ जना, रोङ गाउँपालिकामा ५ महिला र १३ पुरूष गरी १८ जना, माङसेबुङ गाउँपालिकामा ७ महिला र ९ पुरूष गरी १६ जनामा संक्रमण पुष्टि भएको प्रशासनले जनाएको छ
माई नगरपालिकामा ६ महिला ८ पुरूष गरी १४ जना, चुलाचुलीमा ४ पुरूषमा संक्रमण पुष्टि भएको जनाइएकाे छ। भाइरसको संक्रमण पुष्टि भएकाहरुको पीसिआर र एन्टिजिन परीक्षण गरिएको थियो ।
इलाममा हालसम्म ५१२ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ७ जना आइसियूमा उपचारत छन् । २८ जना सामान्य उपचारमा रहेका छन् । अरू होम आइसोलेशनमा रहेका छन् । यसमध्ये ४५ जना निको भएका छन् ।