adv
adv

मेचीनगर–७ का अध्यक्ष मेचेको कोरोना संक्रमणबाट निधन


मेचीनगर ।
 झापाको मेचीनगर–७ का अध्यक्ष चन्दन मेचेको कोरोना संक्रमणका कारण निधन भएको छ ।

मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालका अनुसार कोरोना संक्रमण पछि विगत ५ दिनदेखि बिर्तामोडस्थित बिर्तासिटि हस्पिटलमा भेन्टिलेटरमा रहेर उपचाररत मेचेको शनिबार विहान ११ : ३० बजे निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिपछि वैशाख २७ गते उनी हस्पिटल भर्ना भएको र २८ गते गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मेचे काँग्रसको भातृ संगठन आदिबासी जनजाती संघ झपाका जिल्ला अध्यक्ष तथा मेचे समाज शिवियारी आफातका पूर्व कन्द्रीय अध्यक्षसमेत रहेका थिए ।

मेचेका एक श्रीमती तीन छोरा र एक बुहारी छन् । नेपाली सेनाको सहयोगमा स्थानीय निन्दा नदीमा दाहसंस्कारको तयारी भइरहेको नगरपालिका स्रोतले बताएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु