झापा । झापामा पछिल्लो २४ घण्टामा २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये १ सय ९१ जना पिसिआरतर्फ रहेका छन् भने ७४ जना एन्टिजेन्टतर्फ रहेका छन् ।
त्यस्तै झापामा पछिल्लो २४ घण्टामा १ सय ५ जना संक्रमणमुक्त भएका छन् ।
संक्रमितहरु भद्रपुरमा २७ जना थपिएका छन् । त्यस्तै बिर्तामोडमा र दमकमा १४/१४ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै झापामा कुल मृत्यु हुनेको संख्या २ सय ४० पुगेको छ ।