adv

नेपाल खेलकुद पत्रकार मञ्च झापाद्वारा पत्रकार महासंघ झापालाई स्वास्थ्य सामाग्री प्रदान

बिर्तामोड, १९ जेठ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

बुधबार एक कार्यक्रमका बीच बिर्तामोडस्थित मञ्चको सचिवालयमा उक्त सामग्री प्रदान गरिएको हो ।

खेलकुद पत्रकार मञ्चको तर्फबाट अध्यक्ष हिमाल खरेल, कोषाध्यक्ष राजु पौडेल र सल्लाहकार इन्द्रजीत मुखियाले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

मञ्चले एक सय थान सेनिटाइजर, एक हजार थान मास्क र ५० थान फेससिल हस्तान्तरण गरेको हो ।

संकटको घडीमा सहयोग गरेकोमा महासंघका अध्यक्ष गिरीले खेलकुद पत्रकार मञ्चलाई धन्यवाद दिँदै मञ्चसँग उद्देश्य मिल्ने अभियानमा सहकार्य गर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जीत प्रसाईं र कार्यसमिति सदस्य रञ्जीत परियारको सहभागिता रहेको थियो ।

हालसम्म झापाका ३३ पत्रकार कोरोनाबाट संक्रमित भएको, त्यसमध्ये एकजनाको निधन भएको र हाल पाँचजना होम आइसोलेसनमा रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु