adv

याक्खा छुम्मा झापाका संस्थापक देवानको निधन

दमक,२० जेठ । किरात याक्खा छुम्माका संस्थापक झापा जिल्ला अध्यक्ष एवम् दमकका सामाजिक व्यक्तित्व हरिलाल देवानको निधन भएको छ ।

दमक ८ किरात चोक निवासी समाजसेवी देवानको ८४ बर्षको उमेरमा बिहीबार बिहान आफनै निवासमा निधन भएको हो ।
लामो समयदेखि पक्षघातवाट थलिएका उनले याक्खा समुदायको जातीय संस्था किरात याक्खा छुम्माका संस्थापक अध्यक्षका रूपमा एक दशक बढी समय योगदान गरेका थिए ।

विभिन्न सामाजिक संस्थाहरुमा आवद्ध देवान पूर्व बृटिस गोर्खा सैनिकसमेत हुन् । उनका पाँच छोराहरु पूर्ण,योगराज,योगिन्द्र,गोविन्द र टीकाराज र दुई छोरीहरु कुमारी र देवकी देवान रहेका छन् । देवानकी धर्मपत्नी देउमायाको २०६३ मा निधन भैसकेको छ ।

उनले आफनो अनुभव समेटेर २०७४ सालमा ‘‘मेरो विगतलाई फर्केर हेर्दा ’नामक जीवन संस्मरण प्रकाशित समेत गरेका थिए ।
उनको पार्थिक शरीर आजै कन्काई नदीमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु