इलाम । इलाममा आज एकै दिन ७३ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला प्रशासन कार्यालय इलामको दैनिक कोरोना अध्यावधिक विवरण अनुसार सबैभन्दा बढि माङ्सेबुङ गाउँपालिकामा देखिएको छ ।
माङ्सेबुङमा १४ महिला र १० पुरुष सहित २४ जनामा संक्रमण देखिएको हो । माई नगरपालिकामा ७ महिला र १० पुरुषमा संक्रमण देखिएको छ । इलाम नगरपालिकामा १० जना, रोङ गाउँपालिका ९ जना, देउमाई नगरपालिका ७ जना, चुलाचुलीमा ४ र सूर्योदयमा २ जनामा संक्रमण देखिएको जनाइएको छ । माईजोगमाई, सन्दकपुर र फाकफोथुममा संक्रमण देखिएको छैन् । आज ७३ थपिएसंगै इलाममा संक्रमतिको संख्या १ हजार २ सय नाघेको छ । २७७ जना संक्रमणमुक्त हुँदा २६ जनाको ज्यान गएको छ ।