adv

सिन्धुपाल्चोक बाढी–पहिरोले ७ जनाको ज्यान लियो

दमक, २ असार । सिन्धुपाल्चोकमा मंगलबार राति आएको बाढी र पहिरोमा परि सात जनाको मृत्यु भएको छ ।

सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले बाढी र पहिरोमा परि सात जनाको मृत्यु भएको पुष्टि गरेका छन् । प्रहरी र जनप्रतिनिधिले दिएको विवरणका आधारमा यस्तो पुष्टि गरिएको प्रजिअ पोखरेलको भनाइ छ । उनका अनुसार थप मानवीय क्षतिको विवरण आएको छैन ।

मंगलबार साँझ मेलम्ची र हेलम्बुमा बाढी–पहिरोका कारण व्यापक क्षति पुगेको बताइएको छ । हेलम्बुमा तीन वटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

मेलम्चीमा पानीको बहाव नघटेको कारण थप क्षति हुन सक्ने भन्दै उद्धार कार्य सहज बनाउन नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको पोखरेलले बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु