दमक, २ असार ।ग्लोबल भुटनिज लिटिरेरी अर्गनाइजेसन (जिबिएलओ) का अध्यक्ष कर्ण गुरुङलाई मातृशोक परेको छ ।
गुरुङकी आमा जोगमाया गुरुङको मंगलबार स्थानीय समय अनुसार २ बजे ७१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
भुटानी शरणार्थी शिविर खुदुनाबारीबाट तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत हाल अमेरिकाको नेब्रास्का राज्यमा गुरुङ परिवार बसोबास गरिरहेका छन् ।
दिवंगत गुरुङ भुटानी नेपाली लोक सङ्गीतका स्रष्टा र गुरुङ साहित्य, संस्कृति र परम्पराका अन्वेशक, लेखक पन्चमान गुरुङकी धर्मपत्नी हुन् ।
उनका कुमार, दुर्गा , विकास, भीम र कर्ण पाँच छोरा छन् ।
गुरुङ बिगत ६ महिनादेखि कोमामा रहेकी थिइन् भने उनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।