adv

मेचीनगरका भीमराजको आफ्नै साथीले गरे हत्या

मेचीनगर, ३ असार । झापाको मेचीनगर–५ अँधेरी निवासी ४० बर्षीय भीमराज लिम्बुको मङ्गलबार राति उनकै साथीले हत्या गरेका छन् ।

हत्या आरोपमा उनका गाउँले साथी ५६ वर्षीय शुक्रराज लिम्बु पक्राउ परेका छन् ।

स्थानीय इटाभट्टा छेउमा क्र्याक ब्यान्डिजको कपडाले घाँटी बाँधिएको र मुखबाट रगत बगिरहेको अवस्थामा लिम्बूको शब मङ्गलवार राति नै स्थानीयले देखेका थिए ।

घटनाको खबर पाएपछि प्रहरी राति नै घटनास्थल पुगेको थियो । प्रहरीले हत्या आरोपमा शुक्रराजलाई हिजै पक्राउ गरेको थियो ।

आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधेर हत्या गरेको अभियुक्त शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

शबलाई पोस्टमार्टम जाँचका लागि मेची अस्पताल लगिएको छ ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु