adv
adv

सेजल मृत्यु प्रकरण बलात्कारपछि हत्या घटनातर्फ मोडियो

दमक, ३ असार ।सेजल कोइराला रहस्यमय मृत्यु प्रकरण घटना बलात्कारपछि हत्यातर्फ मोडिएको छ ।

मृतकको परिवारले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकले मृतकको पाष्टमार्टम रिपोर्टका आधारमा सेजलको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको बताएको छ ।

इप्रका दमकका डिएसपी नवराज कार्कीलले पोस्टमार्टम रिपोर्टमा मृतकको बलात्कारपछि हत्या भएको देखाएका कारण संदिग्धलाई तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएका हुन् । प्रहरीले मंगलबार नै दमक ६ का अरुण राईलाई सेजेल मृत्यु प्रकरणमा आरोपित मानी नियन्त्रणमा लिएको थियो ।
अरुणका विरुद्धमा सेजलका अभिभावकले मंगलबार नै किटानी जाहरी समेत दिइसकेकाले बलात्कारपछि हत्याको कसुरमा थप अनुसन्धानका लागि झापा जिल्ला अदालतबाट सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको आदेश लिइएको डिएसपी कार्कीले बताए ।

दमक ५ मा रहस्यमयी मृत्यु भएकी इलाम देउमाई ४ मंगलबारेकी सेजल कोइराला र हत्याका आरोपी अरुण राईबीच लिभिङ टुगेदर (संगैबस्ने) सम्बन्ध रहेको पाइएको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरु अढाई महिनादेखि सेजलको डेरामा सँगै बस्दै आएको खुलेको हो ।

सेजल दमकस्थित लाइफलाईन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडयोलोजी बिषयको तेस्रो वर्षमा अध्ययनरत थिइन् भने अरुण भने लागूऔषध प्रयोगकर्ता भएको खुलेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु