adv

प्रदेश २ मा कोभिड विशेष अस्पताल उद्घाटन


जनकपुरधाम, ३ असार ।
प्रदेश नम्बर २ सरकारले बिहीबार जनकपुरमा १ सय सैयाको विशेष कोभिड अस्पताल संचालनमा ल्याएको छ ।

जनकपुरको मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनलाई मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड विशेष अस्पताल संचालनमा ल्याएको हो ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत संञ्चालन हुने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
अस्पतालको उदघाटन गर्दै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री राउतले प्रतिष्ठानले कोभिड संक्रमितहरुको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवाहरु पनि छिट्टै शुरु गर्ने बताए ।


शिक्षण अस्पताल संचालनको लागि सरकारबाट जग्गा लिजमा लिएको मणिपालले दशकौं समय बितिसक्दा पनि अस्पताल सञ्चालन गर्न नसकेकाले पुरानो लिज प्रकृया खारेज गराई उक्त जग्गा प्रष्ठिान मातहत ल्याउने पहल शुरु भई सकेको राउतको भनाइ थियो ।

उनले भने -‘यस भवनमा कोरोना संक्रमितको उपचार मात्र होइन, अन्य विशेषज्ञ सेवा समेत चाँडै शुरु हु्न्छ । जग्गा प्राप्तिको प्रक्रिया छिट्टै शुरु गर्छौं, राज्यको अरबौको सम्पति कुनै संस्थाले यसरी राख्न पाउदैन ।’

कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश सरकारको गौरवको योजना रहेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वास्थ्य उपचारको क्षेत्रमा मुलुककै नमूना बन्ने विश्वास व्यक्त गरे ।
स्थापनाको छोटो समयमै ४ विधामा शिक्षणको अनुमति प्राप्त गरेको प्रष्ठिानले यसै शैक्षिकसत्रदेखि विपिएच, बिएन, विएमएलटी लगायतको अध्यापन शुरु गर्ने भएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रमुखहरु, प्रतिष्ठानका पदाधिकारी तथा प्रादेशिक अस्पतालका प्रमुख एवं चिकित्सक सहितको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु