मेचीनगर, असार १६ । लायन्स क्लब अफ मेचीनगरको अध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् । लायन्स क्लब अफ मेचीनगरको आज सम्पन्न चार्टर प्रेजेन्टेसन प्रोग्रामबाट आचार्य आगामी एक वर्षे कार्यकालका लागि चयन भएका हुन् ।
संस्थाको अन्तराष्ट्रिय अभ्यास अनुसार अघिल्लो वर्ष नै नेतृत्वको टुंगो लागेको हुन्छ । उपाध्यक्ष पदको रोलक्रम अनुसार आगामी नेतृत्व चयन हुँदै जाने परम्परा भएको निवर्तमान अध्यक्ष शंकर थापाले बताए । यसरी नयाँ कार्यसमितिमा तीन जना उपाध्यक्ष सहित २६ सदस्यीय समिति चयन भएको छ ।
समितिको प्रथम उपाध्यक्षमा मोहन मैनाली, द्वितीय उपाध्यक्षमा गंगालाल गुरुङ र तृतीय उपाध्यक्षमा रोशन प्रधान चयन भएका छन् । त्यसै गरी सचिवमा नवराज प्रधान रहेका छन भने कोषाध्यक्षमा प्रविण थापा चयन भएका छन् ।