adv

ब्राउन सुगर सहित मेचीनगरका २ जना पक्राउ

झापा, असार १७ । झापाको कमल गाँउपालिका ३ पुर्व-पश्चिम मुख्यराजमार्गको केर्खा बजार स्थितबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा मेचीनगर १५ का २० बर्षीय सुवास मेचे र सोही नगरपालिका १० २५ बर्षीय सुरज लामिछाने रहेका छन् ।

बुधवार बेलुका साढे ३ बजे टेम्पु चढी आउदै गरेको अबस्थामा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर ८८ ग्राम सहित उनिहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनिहरु उपर थप अनुसन्धान भई रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु