adv

झापामा निषेधाज्ञा असार ३१ सम्म थप,सबैखाले सवारीसाधन चल्ने

झापा । झापामा निषेधाज्ञा थप खुकुलो बनाउँदै असार ३१ सम्म लम्बाउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकले उक्त निर्णय गरेको हो ।

सवारीसाधनको हकमा सार्वजनिक तथा निजी सवारीसाधन खुलाउने निर्णय गरेको छ । सार्वजनिक यातायात बससहित अन्य सवारीसाधन जोर बिजोर प्रणाली अनुसार झापा, मोरङ, सुनसरी र इलाम जिल्लासम्म स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउने पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।

। त्यस्तै बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजे देखि बेलुका ५ बजेसम्मका लागि सञ्चालन गर्न पाउने निर्णय गरेको । होटेल तथा रेष्टुरेन्टहरुले टेक– अबे सेवा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु