adv

इंग्ल्यान्ड युरो कप फुटबल प्रतियोगिताको फाइनलमा

काठमाडौं ।इंग्ल्यान्ड पहिलो पटक १६औँ संस्करणको युरो कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इंग्ल्यान्डले पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।

लन्डनस्थित वेम्बली स्टेडियममा खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो । त्यसपछि थपिएको अतिरिक्त समयमा इंग्ल्यान्डले एक गोल गर्दै अन्तिम दुईमा प्रवेश गरेको हो ।

खेलको ३०औँ मिनेटमा माइकल डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३९औँ मिनेटमा डेनमार्कका सिमोन कायरले आफ्नै पोस्टमा गोल गरेपछि इंग्ल्यान्ड खेलमा फर्कियो ।

त्यसपछि निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न सकेनन् र खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । १०४औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टीको मौका पाएको थियो । रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले पेनाल्टी बक्स भित्र फउल गर्दै लडाएपछि इंग्ल्यान्डले भिएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो ।

जसमा केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए । तर रिबाउन्डमा आएको बलमा केनले सहजै गोल गरे । र, इंग्ल्यान्डलाई २–१ गोलको जित दिलाए ।

जितसँगै इंग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनलमा पुगेको छ । यस्तै, सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।

अब इंग्ल्यान्डले फाइनलमा इटालीको सामना गर्नेछ । इटालीले पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएर फाइनलमा स्थान बनाइसकेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु