बिर्तामोड । झापाको भद्रपुर नगरपालिका ९ स्थित चारआली–चन्द्रगढी सडक खण्डमा सवारी दुर्घनामा परि झापाका एमाले नेता ज्ञानुराम प्रसाईको मृत्यु भएको छ ।
आज बिहान ११ बजेर ४० मिनेटमा दुर्घटनामा परेर प्रसाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उनी बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराका पति हुन् ।बायाँ खुट्टा र भित्री चोट लागि घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर झापा पठाएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेको छ ।
बिर्तामोडका प्रसाई आफै बा १६ च ८१८२ नं. को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा देवकोटाको शालिकमा ठोक्किएर दुर्घटनामा परेका थिए ।