adv

इलाम हङ्कङ समाजद्वारा माङसेबुङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

इलाम । इलाम हङ्कङ समाजले सनिबार माङ्सेवुङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । हङ्कङमा बस्ने इलामबासीहरुले माङ्सेवुङका लागि २० थान थर्मलगन र २० थान अक्सोमिटर गाउँपालिकाकी उपाध्यक्ष सुनिता सुब्बालाई हस्तान्तरण गरेका हुन् ।

कोरोना महामारीबाट संक्रमित हुनेहरुको उपचारमा सहयोग पुर्याउने उदेश्यले इलाम हङ्कङ समाजले उक्त स्वास्थ्य सामाग्री वितरण गरेको समाजका पुर्व सचिव शिशिर राईले बताउनुभयो ।

कोरोना संक्रमितको उपचारमा यस स्वास्थ्य सामाग्रीले थप सहजता हुने भन्दै इलाम हङ्कङ समाजलाई गाउँपालिका उपाध्यक्ष सुब्बाले धन्यवाद दिनुभयो । महामारीको यो परिस्थीमा स्वास्थ्य सामाग्रीहरु पर्याप्त नभईरहेको अवस्थामा यसले केही राहत मिल्ने उहाँको भनाई थियो ।

कोरोना महामारीबाट संक्रमित हुनेहरुको उपचारमा सहयोग पुर्याउन इलाम हङ्कङ समाजले इलामका १० वटै स्थानिय तहहरुमा स्वास्थ्य सामाग्री वितरण गरिरहेको छ । समाजका सल्लाहाकार महेन्द्र राईका अनुसार हङ्कङमा रहेका इलामेलीहरुबाट संकलन गरिएको रु तीन लाख रुपँैयाद्धारा स्वास्थ्य सामाग्रीहरु खरिद गरी इलामका स्थानिय तहहरुमा थर्मलगन र अक्सोमिटर २०/२० थानका दरले वितरण गरिएको हो ।

दमकमा आज भएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा माङ्सेवुङ गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बा, भूमी सम्वन्धी समस्या समाधान आयोग इलामका सदस्या हेमन्त राई तथा इलाम हङ्कङ समाजका पुर्व सचिव शिशिर राई, सल्लाहाकार महेन्द्र राई लगायतको उपस्थिती रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु