adv

बुद्धशान्ति गाउँपालिका एक हप्ता सिल


झापा
। झापाको बुद्धशान्ति गाउँपालिका एक हप्ता सिल गरिने भएको छ ।

भोलि (मंगलबार) राति १२ बजेबाट १२ गते मंगलबार राति १२ बजेसम्मका बुद्धशान्ति गाउँपालिकाका सबै वडा सिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए ।

पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय प्रशासनको संयुक्त बैठकले एकहप्ताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिका प्रमुख भुजेलले बताए ।

कोरोना संक्रमण भयावह बन्दै गइरहेकाले गाउँपालिका बासीलाई सुरक्षीत राख्न बाध्य भएर सिल गरिएको बताउँदैै प्रमुख भुजेलले सबैलाई अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको बताए ।

भुजेलका अनुसार निर्देशनको पालना नगरेको पाइएका कानुन बमोजिम कारबाहि गरिने बताए ।

बुद्धशान्तिमा पछिल्लो दुई दिनमा मात्र १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको खबर प्राप्त भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु