adv

इलाममा १०३ जनामा कोरोना पुष्टि


इलाम
।इलाममा आज सोमबार एकैदिन एक सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रोङ गाउँपालिकामा २९ जना, सूर्योदय नगरपालिकामा २८ जना, इलाम नगरपालिकामा २३ जना, माइ नगरपालिकामा १८ जना, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा २–२ जना र माइजोगमाई गाउँपालिकामा एक जना संक्रमित भएका हुन् ।

योसंगै जिल्लामा संक्रमितको संख्या दुई हजार ६२६ जना पुगेको छ । संक्रमणबाट मृत्यू हुनेको संख्या ५८ छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु