adv

नेपालमा मंगलबार ३१०८ जनामा कोरोना पुष्टि ,१५९५ जना निको

झापा । नेपालमा मंगलबार थप ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १३ हजार १३५ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

यस्तै थप २५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ५९५ जना कोरोनाबाट मुक्त भएका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु