adv

बिर्तामोड नगरपालिकामा एक साताका लागि लकडाउन थप


बिर्तामोड, १० साउन ।
कोभिड संक्रमणको कारण देखाउँदै बिर्तामोड नगरपालिकामा एक साता लकडाउन गर्ने निर्णय भएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका प्रतिनिधि, कार्यपालिका सदस्य, स्थानीय प्रशासन र स्वास्थ्यकर्मी बीच आज नगरपालिकामा छलफल भएको थियो । आज आइतबार भएको छलफलले तीन दिनपछि मात्र लकडाउन गर्ने निर्णय गरेको छ ।

छलफलले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि कम्तिमा एक हप्ता लकडाउन गर्ने निष्कर्ष निकालेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

बैठकको निर्णयअनुसार साउन १३ गते बुधबार राति १२ बजेदेखि साउन १९ गते राति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र लकडाउन गर्ने निर्णय भएको संघका सदस्य जीवनकुमार खड्काले जानकारी दिए ।

झापा दमक, शिवसताक्षी, बुद्धशान्तिमा यसअघि नै लकडाउन गरिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु