adv
adv

प्रशिक्षक राजीनामा प्रकरण : आफु दोषी ठहरिए राजीनामा दिन तयार रहेको पंकजको स्पष्टीकरण

काठमाडौं,१० साउन । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना कारण राजीनामा दिने निर्णयमा पुगेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको घोषणाप्रति आश्चर्य व्यक्त गरेका छन् ।

मुख्य प्रशिक्षक अल्मुताइरीले आइतबार फेसबुकमार्फत नेम्वाङका कारण प्रशिक्षकबाट राजीनामा दिने निर्णयमा पुगेको घोषणा गरेका थिए । तर नेम्वाङले भने यसप्रति आश्चर्य व्यक्त गरेका छन् ।

पछिल्लो समय प्रशिक्षकसँग आफ्नो सम्वाद नै नभएको उनले बताएका छन् । यद्यपि ८–१० दिन अघि ‘खेलाडी मात्र होइन, खेलसँग सम्बन्धित पदाधिकारीहरुको मानसिकता परिवर्तन हुनुपर्छ’ भन्ने प्रशिक्षकको अभिव्यक्तिलाई लिएर आफूले स्पष्टीकरण सोध्नुपर्छ भनेर महासचिवलाई भनेको उनले स्वीकार गरे ।

‘एक दिनपछि सोध्दा महासचिवले अबदेखि त्यस्तो हुँदैन भनेर भन्नुभयो । मैले त्यही विश्वास गरेँ’ उनले भने, ‘योबाहेक केही भएको छैन ।’

प्रशिक्षकको राजीनामा प्रकरणबारे एन्फाले समिति बनाएर छानविन गर्नुपर्ने उनले बताए । ‘म दोषी देखिएँ भने फुटबल संघबाट राजीनामा दिन तयार छु’ उनले भने, ‘अरु दोषी दोिखए भागिदार हुनुपर्छ ।’

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु