काठमाडौं, २३ साउन। साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हाे । परीक्षा आउन एक हप्ता बाँकी हुँदा परीक्षा स्थगित भएकाे हाे ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार शनिबार बसेको बोर्डको बैठकले कक्षाा १२ काे परिक्षा स्थगित गरेकाे हाे ।
कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित भएकाे थपलियाले बताए ।
यसअघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।
स्वास्थ्य मन्त्रालयको सिफारिसमा सीसीएमसीले नयाँ मिति तय गर्न अनुरोध गरेपछि बोर्डले परिक्षा तत्काललाई स्थगित गरेको छ ।