adv
adv

किराया बेलायत द्वारा यलम्बर स्मृती दिवसको अवसरमा ‘सुम्निमा पारुहाङ’ विमोचन

बेलायत । किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्य समितिद्वारा यलम्बर स्मृती दिवसको अवसरमा किरात राई यायोक्खा बेलायतको वार्षिक मुखपत्र सुम्निमा पारुहाङ विमोचन गरिएको छ । बेलायतको ग्याम्बल लेन स्थित किरात हाउसमा प्रथम किराती राजा यलम्बरहाङको स्मृतिमा १२औ स्मृती दिवस अवसरमा विविध कार्यक्रमका साथ मुखपत्र विमोचन गरिएको छ ।

किरात राई यायोक्खा बेलायतका कार्यबाहक अध्यक्ष चन्द्र बहादुर राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा किरात राई पुर्खा ८६ वर्षीय लबजित राईको प्रमुख आतिथ्यता रहेको थियो भने किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष मेजर दिल कुमार राईको संयोजन रहेको थियो ।
सो कार्यक्रममा किरात राई विधार्थी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र राई, किरात राई यायोक्खा बेलायतका पूर्व अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार पदम राई, पूर्व उपाध्यक्ष तथा विशिष्ट संरक्षक सदस्य ओम राई, चाम्लिङ राई खाम्बातिम नेपालका संस्थापक अध्यक्ष जगत राई,किरात याक्थुङ चुम्लुङ बेलायतका सचिव विश्वदिप तिगेला, किरात बाहिङ राई मुलुखिम बेलायतको अध्यक्ष राम राई, किरात साम्पाङ राई जुम्लेखा बेलायतका उपाध्यक्ष भबिन साम्पाङ राई, मोडल तथा फेसन डिजायनर सृजना निङलेखु राई लगायतको उपस्थिती रहेको थियो ।
उक्त मुख पत्रमा राईहरु बहुभाषिक भएकोले किरात राई यायोक्खलाई जिबित २८ भाषिक राईहरुको साझा थलो बनाउने अभियान स्वरुप हालै पारित गरिएको सङकल्प प्रस्ताबको रुपमा २८ भाषिक राईहरुको समानुपातिक र समाबेशी प्रतिनिधित्व हुने गरि संघिय ढाचालाई प्रमुख रुपमा सम्प्रेषण गरिएको सुम्निमा पारुहाङ प्रकासन समितिका संयोजक तथा किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष जितेन साम्पाङ राईले बताउनु भयो। ।
राईहरु इन्द्रेणि समाज भएको बताउदै किरात राई यायोक्खाका बेलायतका कार्यबाहक अध्यक्ष चन्द्र बहादुर राईले यायोक्खाको पुरानो संरचना र ढाचाले सबै राईहरुको सहभागिता र अस्तित्वलाई समेट्न नस्क्ने जिकिर गर्दै अब राईहरुको बिबिधतालाई स्विकार गर्न सक्ने गरि सबै राईहरुको सहअस्तित्व र समान सहभागिता रहने गरि महांसघिय ढाचामा संघिय समंरचना अनुरुप यायोक्खा अघि बढ्नु पर्ने बताउनु भयो। साथै ऐतिहासिक कामको थालनी किरात राई यायोक्खा बेलायतले सुरु गरेको र बिस्वभरिका राईहरुले अनुशण गर्ने समेत बताउनु भयो ।
किरात राई बिधार्थी संघका केन्दृय अध्यक्ष राम चन्द्र राईले किरात राई यायोक्खा बेलायत अहिले सम्मकै दुरदर्शी र प्रगतिशिल यायोक्खा भएको बताउदै किरात राई यायोक्खा बेलायतले पास गरेको संघात्मक ढाचाले सबै किरात राईहरुलाई जोड्ने बताउनु भयो। किरात राई यायोक्खाको मुलधारमा समाहित हुन नसकेर चित्त दुखाएर राई बाट अलग हुन खोजिरहेका र अलगै जातिको रुपमा सुचिकृत हुन सुचिकरणको अभियानमा लागेका अल्प सङ्ख्यक भाषिक राईहरुलाई समेत यो सङक्ल्प प्रस्ताबले जोड्ने बिस्वास ब्यक्त गर्नु भयो। राईहरुको बिबिधतालाई स्विकार्ने यो न्यायिक ढाचालाई अब बिधानमै लिपिबद्ध गरेर किरात राई यायोक्खा माहाततका सबै समितीहरुलाई अबलम्बन र अनुशरण गर्न समेत अपिल गर्नु भयो।
किरात राई यायोक्खा बेलायतका पुर्ब अध्यक्ष पदम राईले प्रथम किरात राजा यलम्बरको स्मरण गर्दै राजा यलम्बर देखि जिते दास्ती हुँदै योक्नेहाङ सम्म ३२ पुस्ता शासन गरेको राईहरु कालन्तरमा हाम्रै एकता हुन नसक्दा बर्तमान समय सम्म आईपुग्दा सत्ता बिहिन हुन पुगेको बताउनु भयो। राईहरुको एकतामा अझै पनि चरम समस्या भएको बताउदै नेपालको अन्तरिम संविधान र पहिलो सम्बिधान सभामा उल्लेखित १ प्रतिशत भन्दा बढी जनसङख्या भएको जातिलाई संघिय एकाई प्रदान गर्ने ब्यबस्था राज्य पुनरसंरचना आयोगले पास गरेको बताउदै राईहरुको एकतामा जोड दिनु पर्ने बताउनु भयो। राष्ट्रिय जनगणना नजिकिदै गरेको सन्दर्भमा राई जाति भित्रकै थुप्रै भाषिक राईहरुले छुट्टै जातिको रुपमा सुचिकृत कोड प्राप्त गरेको जानकारी गराउदै यो अभियानलाई रोक्न किरात राई यायोक्खा बेलायतले अवलम्बन गरेको संघिय ढाचा कोशे ढुङा सबित हुने बताउनु भयो ।
सो कार्यक्रममा किरात राईहरुमा प्रचलित धनुषबाण (आर्चरी) प्रतियोगिता समेत सञ्चालन गारिएको थियो । ४१ जना सहभागी उक्त आर्चरी प्रतियोगितामा सन्जोक राई, आलेस राई र रामप्रसाद राईले क्रमश प्रथम, द्वितीय र तिर्तिय स्थान हासिल गरेका थिए । प्रतियोगितामा बिजेता खेलाडिहरुलाई नगद, ट्रफी तथा प्रमाणपत्र बितरण गरिएको आर्चरी खेल प्रतियोगिताका संयोजक तथा किरात राई यायोक्खा बेलायतका उपाध्यक्ष क्याप्टेन सुमनचन्द्र राईले बताउनु भयो । साथै उक्त कार्यक्रममा बाहिङ राईहरुको लोकप्रिय सिलि सेग्रो सिलि समेत प्रदर्शन गरिएको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु