
कास्की, ४ भदौ । अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा झापा विर्तामोड बस्ने एलिजा बस्नेत सहित ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका २६ बिजयपुरस्थित न्यू हाईवे स्टाफ होटेल एण्ड लजबाट अवैध रुपमा चन्दा संकलन गरेको अभियोगमा बिर्तामोड नगरपालिका १ बस्ने ३४ वर्षीया एलिजा बस्नेत सहित ३ जनालाई पक्राउ गरेको होे । उनिहरुको साथबाट नगद ४ लाख ६ हजार ४ सय ६ रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
“युनिक स्वयंसेवक नेपाल” नामक संस्थाको नामबाट अबैध रुपमा चन्दा संकलन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।