इटहरी । सुनसरीको इटहरी ५ स्थित हिमालय टोल विकास संस्थाको छैठौं वार्षिक साधरण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट पुनः सागर राईको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा, टाइसन लिम्बु,
सचिव देबेन्द्र बहादुर कार्की, सह–सचिव उमा अधिकारी, कोषाध्यक्ष इन्द्र कुमारी राई रहेका छन् भने सदस्यहरुमा दिपा पोखरेल, मिरा खड्का, हेम कुमारी भट्टराई, चन्द्र ढकाल, रामसरी राई र पाना लिम्बु सर्वसम्मत निर्वाचित भएका हुन् ।
नेपाल किसान संघ इटहरी नगर सभापति डम्बर बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको उद्घाटन गमलाको फूलमा पानी हालेर गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेपाल किसान संघ इटहरी नगर सभापति बस्नेतले हरेक संस्था र समुदायको विकासको लागि एक कुसल नेतृत्व आवस्यक हुने कुरामा जोड दिए ।
उनले इटहरीमा रहेका ४५–४६ औं पटक साधरण सभा गर्ने टोल विकास संस्थाहरुको आफ्नो नीजि भवन नभएको उल्लेख गर्दै हिमालय टोल विकासले नीजि भवनमा कार्यक्रम गर्नू एक उदाहरण भएको उल्लेख गरेका हुन् ।
संस्थाको दोस्रो अधिवेशनबाट पुनः अध्यक्षमा निर्विरोध निवाचित सागर राईले हिमालय टोललाई विकास तथा उज्यालो साकार बनाउन धेरै कुरा सोेचेको तर लक्ष्यमा पुग्नको लागि सबैबाट साथ सहयोगको आवश्यक रहेको बताए ।
राम्रो योजनाको साथ अगाडी बढ्यो भने पक्कैपनि सफल भइन्छ भन्ने हिमालय टोल विकास संस्था उदाहरण भएको उल्लेख गर्दै अध्यक्ष राईले इटहरी ५ अन्तर्गतका ४२ ओटा टोल विकास संस्थामध्ये हिमालयको मात्र आफ्नो नीजि भवन रहेको उद्घोष गरे ।
अध्यक्ष राईले भने “ इटहरीको वडा नम्बर ५ अन्तर्गत रहेका ४२ वटा टोल विकास संस्था मध्ये हाम्रो संस्थाको मात्र नीजि भवन निमार्ण हुनु भनेको एक उदाहरणीय कार्य हो ।, तर संस्थाको नीजि भवन भएर मात्र हुँदैन, प्रत्येक टोल विकास संस्थाहरुलाई स्थायीकरण गरिनुपर्छ भनेर आवाज उठाइरहेका छौं ।”
टोल विकासको काम गर्दै गर्दा पहिले द्रुत गति लिनुपर्ने अवस्था देखिएको भन्दै अध्यक्ष राईले सबैको साथ सहयोगको अपेक्षा रहेको उल्लेख गरेका हुन् ।
कार्यक्रममा विगत देखि अहिलेसम्म टोल विकास संस्थाले गरेको कामहरुको समिक्षा गर्दै संस्थाले आयोजना गरेको देउसीभैलो, बचत तथा भवन निर्माणका लागि खर्च गरिएको आर्थिक विवरण सार्वजनिक गरिएको थियो ।
कार्यक्रमका बीच हिमालय टोलका जेष्ठनागरिक ७९ वर्षीय पूर्ण बहादुर कार्की, ७८ बाल कुमारी कार्कीलाई कार्यक्रम सभाध्यक्ष सागर राई र प्रमुख अतिथि बस्नेतले दोसल्ला ओडाएर सम्मान गरिएको हो ।
टोल विकास संस्थाको भवन निर्माणको लागि समिति बाहिर रहेर पनि आर्थिक सहयोग प्रदान गर्ने व्यक्तित्वहरुलाई समेत सम्मान पत्र हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष राईले जानकारी दिए ।
हिमालय टोल विकास संस्थाका अध्यक्ष सागर चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार किरण राई, संस्थाका पदाधिकारीहरु, लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो ।