adv

दमकमा पुष्पलाल मित्रता केन्द्र र अखिल फोर्स गठन

दमक । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका वैचारिक एवम राजनीतिक नीतिहरुको प्रचार प्रसार गर्ने र समाजवादी आन्दोलनमा टेवा पुर्याउने उद्देश्यले गठित पुष्पलाल मित्रता केन्द्रले आफ्नो संगठन विस्तारलाई तिव्रता दिएको छ ।

यसै सन्दर्भमा  शनिबार झापाको दमकमा युवा नेता महेश भण्डारीको अध्यक्षतामा २५ सदस्यीय पुष्पलाल मित्रता केन्द्र दमक नगर कमिटी निर्माण भएको छ । आजै अखिल फोर्स दमक नगर कमिटी निर्माण गरिएको छ । बिद्यार्थी नेता रतन चाम्लिङ राईको अध्यक्षतामा २१ सदस्यीय सचिवाल कमिटी निर्माण भएको हो । त्यस्तैं, यसै कार्यक्रमकाबीच दमक सिद्धी मार्केटमा पुष्पलाल मित्रता केन्द्र र अखिल फोर्सको सम्पर्क कार्यालयको समेत उद्घाटन गरिएको छ ।

पुष्पलाल मित्रता केन्द्र झापाका अध्यक्ष एबम् नेकपा (एकीकृत समाजवादी) झापाका सहसचिव मणि भण्डारीका अध्यक्षतामा कार्यक्रम भएको हो । मित्रता केन्द्र प्रदेश १ का उपाध्यक्ष एबम् दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुडाथोकीको प्रमुख आतिथ्यता र नेता नीलमणि बराल, अखिल फोर्सका केन्द्रीय सहसंयोजक एबम् दमक बहुमुखी क्याम्पसका कार्यवहाक स्ववियु सभापति रोशन भण्डारीको उपस्थितिमा कमिटी गठन भएको हो ।

पुष्पलाल मित्रता केन्द्र दमक नगर उपाध्यक्षद्धयमा बिराटजंघ जबेगु (लिम्बु) र हमला प्रसाई, सचिवमा सुमन कार्की, सहसचिवमा अनिलदेब राई र कोषाध्यक्षमा प्रेम भुजेल चुनिएका छन् ।

यस्तै, सदस्यहरुमा चन्द्र थापा, सौरभ भट्टराई, नरेश भण्डारी, युबराज दुलाल, कमल नेउपाने, ललित माझी, किरण भट्टराई, मदन गुरुङ, खगेन्द्र नेपाल, उमेश चौलागाईं, प्रबल भण्डारी, डम्बर आङदेम्बे, खगेन्द्र कार्की, जुलन गजमेर (उमेश), कल्पना श्रेष्ठ, मन कुमार दर्नाल, राजु भट्टराई, देबिमाया श्रेष्ठ (धिमाल) र रोशन भण्डारी चुनिएका छन् ।

यसैगरि, केन्द्र प्रसाईको संयोजकत्वमा १८ सदस्यीय एक सल्लाहकार कमिटी समेत गठन गरिएको छ । गठित सल्लाहकार कमिटीको सदस्यहरुमा शान्तिराम आचार्य, हरि नेपाल, भिम दाहाल, टीका प्रसाई, जीवन सेढाई, मदन ढकाल, चैतन्य लामिछाने (निर्मल), मदन पौडेल, तिर्थ नेपाल, तिर्थ नारायण श्रेष्ठ, लालबहादुर श्रेष्ठ, कमल कटुवाल, लक्ष्मी खनाल, शशि पौडेल, नारायण प्रसाई, बिष्णु नेउपाने र चित्र ढकाल रहेका छन् ।

सोहि अवसरमा रतन चाम्लिङ राईको अध्यक्षतामा २१ सदस्यीय अखिल फोर्स नगर सचिवालय कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा सावन ढकाल, सचिवमा दिपक भट्टराई, ,सहसचिवत्रयमा अभिषेक घिमिरे, मन्जुल भट्टराई र मनिप धिमाल, कोषाध्यक्षमा शिब कुलुङ चुनिए भने सदस्यहरुमा आयुसमान पोख्रेल, रबिन अधिकारी, सुजन भण्डारी, मदन बिश्वकर्मा, शुनिल निरौला, एन्जिल खरेल, हेमराज मगर, महोमद अली, सनम राई, मुकेश खत्री, सजल आचार्य, अशोक राई, सुशान राई चुनिएका छन् ।

उक्त कार्यक्रममा नेकपा (एकीकृत समाजबादी) झापाका नेता निलमणि बराल, नेकपा (माओवादी केन्द्र) प्रदेश १ का नेता गगन पुरी, युवा संघका केन्द्रीय सदस्य सुजन भटराई, हरिकृष्ण पौडेल, अखिल फोर्सका केन्द्रीय सदस्य मदन गुरुङ, सिद्धी मार्केटका अध्यक्ष एबम् सम्पर्क कार्यालय सौजन्य उपलब्ध गराउनुहुने टीका प्रसाई लगायत शुभकामना मन्तव्य राख्नुभएको थियो ।

नवगठित कमिटिका तर्फबाट मित्रता केन्द्रका अध्यक्ष घिमिरे, सल्लाहकार कमिटी संयोजक इन्द्र प्रसाई, फोर्सका दमक नगर अध्यक्ष राईले आ–आफ्नो प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन तुलशी निरौलाले गर्नुभएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु