adv

अश्विनीलाई राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान

काठमाडौं, भदौ १६ । कोरियोग्राफर अश्विनी कान्त झा ‘राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ ’बाट सम्मानित भएका छन् ।
झालाई ‘राष्ट्रलाई पु¥याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान ’ भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७ औँ वार्षिकोत्सवमा सम्मान गरिएको हो ।

राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित नेपालका चर्चित पेजेन्ट कोरियोग्राफर झालाई गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द र आयोजक रिवन इन्टरटेन्मेन्टका सि. ई. ओ. तथा निर्देशक निशुकान्त झालगायतको विशेष सहभागिता रहेको थियो ।

विगत लामो समयदेखि पेजेन्ट तथा फेशन कोरियोग्राफरको रूपमा झाले कार्य गर्दै आएका छन् । उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाएका उनी नेपालका चर्चित र व्यस्त कोरियोग्राफरमा पर्दछन् ।

कार्यक्रममा चलचित्र, सङ्गीत, समाजसेवा, मनोरञ्जन, फेसन डिजाईन, पेजेन्ट लगायतका क्षेत्रमा यागदान गरेका ६० जना भन्दा बढी व्यक्तित्वलाई सम्मान गरिएको रिबन इन्टरटेन्टमेन्टले जनाएको छ ।

सम्मानित हुनेहरुमा अभिनेता धिरेन शाक्य, अभिनेत्री साक्षी लम्साल, हास्य अभिनेता गोपाल ढकाल (छन्दे), फिल्म निर्देशक सुदर्शन थापालगायत छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु