मोरड्ं । भदौ ३० र ३१ गते हुने उर्लाबारी उद्योग बाणिज्य संघको ३३ औं बार्षिक साधारणसभाको सर्गमी बढदो छ । संघको सदस्य ५ पदका लागि ११ जना उम्मेदवार अन्तिम चुनावी मैदानमा छन। लोकतान्त्रिक गठबन्धन र प्रगतिशिल साझा गठबन्धनबाट ५÷५ र १ जना स्वतन्त्र गरी ११ जना सदस्य पदका लागि चुनाबी मैदानमा छन् । उम्मेदवार मध्ये लोकतान्त्रिक गठबन्धनका उम्मेदवार योबाहाङ तुम्बाहाङ्फे चर्चाको शिखर छन् । स्नातकोत्तर तह अध्ययन गरेका हाङ्ग सप्लायर्सका प्रोपाइटर तुम्बाहाम्फे सामाजिक क्रियाकलापमा उत्तिकै सकृय छन । उनै उम्मेदवार सग उर्लाबारी उद्योग बाणिज्य संघको चुनावी साधारण सभाको अवसरमा गरिएको कुराकानी ।
योबाहाङ तुम्बाहाङ्फे
सदस्य पदको उम्मेदवार
(उर्लाबारी उद्योग बाणिज्य सघ
३३ औं वार्षिक साधारण सभा)
१.तपाईं अहिले उर्लाबारी उद्योग बाणिज्य संघको सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । तपाईलाई उर्लाबारीका ब्यवसायीहरुलाई मत कि हाल्ने?
#मत खसाल्नु अघि नेतृत्व चिन्न जरुरी छ, किन भने मत एकपटक खसाईसकेपछि गलत भयो भने भोलि प्रतिफल आफैले भोग्नु पर्छ । मत खसाल्न अघि सचेत हुन व्यापारी महानुभाबहरुलाई आग्रह गर्न चाहन्छु ।
जहाँ सम्म मेरो कुरा छ ।म किशोर अवस्था देखिनै समाज सेवा गर्दै आएको ब्यक्ती हो । उध्योग बाणिज्य संघको कार्यसमितिमा जानू भनेको सेवा गर्न नै हो ।
समय दिने छु खट्ने छु । म व्यापारी हु तर म लिन होइन दिन आएको छु । म जे बोल्छु, त्यही गर्छु । जे गर्छु त्यही बोल्छु । उध्योग बाणिज्य संघमा समग्र नगर भरिको ब्यापारीको हितको लागि र उर्लाबारीको ब्यापारको सम्भावनालाई वृद्धि र बिकास गर्न नै हो ।
२ लोकतान्त्रिक र प्रगतिशील समूहको छुट्टाछुट्टै प्यानल चुनावमा होमिएको छ। लोकतान्त्रिक गठबन्धनको चुनाव जित्ने सम्भावना कतिको छ?
#लोकतान्त्रिक गठबन्धनका मेजर उम्मेद्बारहरु बाणिज्य संघमा यस अघिनै नेतृत्वमा गरिसकेका छन । नया अनुहार युवाहरु समाबेश छन । हाम्रो टिम एकता मजबुत छ । टिमको स्पिरिट मजबुत छ । जनताको समर्थन 75% जति छ । रिक्सा बालदेखि कार चलाक सम्म । मोचीदेखि मणि व्यापारीसम्म । अझ एक सब्दमा भनौ, सबै बिसयका ब्यापारीसम्मले लोकतान्त्रिक गठबन्धनलाई प्रेम र समर्थन गरेका छन । जहाँ जान्छौ, त्यहा त्यहा स्वागत गरेका छन । यो बिजयको सङ्केत त हो ।
मत झर्न मात्रै बाकी छ । हामी औपचारिक प्रकृयाको प्रतिक्षामा मात्रै छौ ।
३ चुनाब जित्ने आधार के के छ?
#ब्यापारीो साथ नै जित्ने आधार हो भन्ने लाग्छ ।बाकी कुराहरु मीडियाको साथ छ । सामाजिक सन्जालमा व्यापक छाएको छ । आम मतदानहरुको साथ छ ।
लोकतान्त्रिक गठबन्धनको टिम उत्कृष्ट छ । धाधली नहुनेमा बिस्वस्त छु । राजनीतिक पार्टी सामाजिक सस्थाहरु, क्लबहरुको नेता तथा कार्यकर्ताले समेत भोट माग्न सहयोग गरेका छन ।
४ मानौं चुनाव तपाईंको गठबन्धनले जित्यो, भने निर्वाचित समितिले के के गर्छ ?
#घोषणा पत्रमा उल्लेख गरेका कुराहरु सम्पूर्ण पूरा गर्न लागि पर्नेछ ।
५ तपाईं र तपाईंको गठबन्धनलाई हार्दिक शुभकामना छ। अन्त्यमा उर्लाबारीका आम ब्यवसायीहरुलाई के भन्नू हुन्छ ?
#लोकतान्त्रिक गठबन्धनले लिएको अजेन्डा
व्यापारी र ब्यापारको बिकास र वृद्धि गर्ने कुरामा मेल खान्छ । उर्लाबारीभरीको ब्यापारको समग्र अवस्थामा सुधार ल्याउन हाम्रो टिम अहोरात्र खट्नेछ । निश्चित लोकतान्त्रिक गठबन्धनलाई भोट दिनुहुन हार्दिक अपिल गर्दछौ। हाम्रो टिम पुर्बान्चलको ब्यापारिको हब बनाउन आधारसिलाहरु खडा गर्ने कुरामा अहोरात्र खटेर यहाको ब्यापारको प्रबर्द्धन गर्न चाहन्छौ। आउनुस अत्याधिक बहुमतका साथ लोकतान्त्रिक गठबन्धनलाई बिजय गराऔ ।
प्रस्तुति: फिपराज बेघा