adv
adv

खुल्ला शान्ताकला स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने

दमक, १ असोज । झापाको दमकमा “खुल्ला शान्ता कला स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०७८” प्रतियोगिता हुने भएको छ । यही असोज ८ र ९ गते उत्त प्रतियोगिता हुने भएको हो ।

दमकका स्थानिय समाजसेवी व्यक्ति विमल गुरुङद्वारा आफ्नो आमा स्व. शान्ता कला गुरुङको स्मृतिमा आयोजित प्रतियोगितामा ४० वर्ष उमेर समुहका व्यक्तिहरूले सहभागि हुन पाउने छन् । प्रतियोगिताको पुरस्कार राशि क्रमशः प्रथमः रु. २० हजार र द्वितीयः रु. १०,००० रहने संयोजक सञ्जय लिम्बुले बताए।

प्रतियोगितामा दमकको स्थानिय “सौजन्य ब्याडमिन्टन कोर्ट” को सहकार्य रहने छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु